अङ्ग्रेजी भाषालाई मजबुत बनाउन अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक

ललितपुर– कक्षा एक देखि कक्षा आठ सम्मका विद्यार्थीहरूको अङ्ग्रेजी भाषा कलालाई व्यवहारिक तथा अन्तरकृयात्मक विधिबाट थप मजबुत बनाउने उद्देश्य सहित अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक बिमोचन भएको छ । त्यसैगरी, एक दिवसिय शिक्षण तालिम पनि ललितपुर स्थित सेन्ट जेभियर्स स्कुल जाउलाखेलमा सम्पन्न भएको छ ।

कार्यक्रममा डी.ए.भी.विद्यालयकी प्रिन्सिपल भुवनेश्वरी राव, सेन्ट जेभियर्स स्कुल जाउलाखेल, ललितपुरका प्रिन्सिपल फादर जर्ज एम.पी., एस.जे लगाएत काठमाडौँ उपत्यकाका विभिन्न प्रतिष्ठित विद्यालयहरूका प्रिन्सीपल, डाइरेक्टर र शिक्षक–शिक्षिकाहरूको उलेख्य सहभागिता थियो । अक्सफोर्ड न्यू पाथ–फाइन्डरः एन इन्टरएक्टिभ कोर्ष इन इङ्गलिस नामको पुस्तक कक्षा एक देखि कक्षा आठसम्म प्रकाशित गरिएको छ । यस पुस्तकको लेखक गायत्री खन्ना  हुन र उनी अक्सफोर्ड युनिभर्सिटी प्रेससँग आबद्ध छिन् ।

उक्त एक दिवसिय शिक्षण तालिमको प्रमुख व्यक्ति खन्ना थिइन् । उनी अक्सफोर्ड युनिभर्सिटीका अलावा सी.वी.एस.ई. वोर्ड र एन.सी.ई.आर.टी.का प्रकाशनहरूको जिम्मेवारी सम्हालेकी छिन् । त्यसैगरी उनी एक चर्चित प्रशिक्षक पनि हुन । उनको करियर शिक्षिकाबाट सुरू भएको थियो । पुस्तक बिमोचन लगत्तै तालिम सुरू भएको थियो ।रातोपाटी

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close