अब ट्वीटर प्रयोगकर्ताले पैसा कमाउन सक्ने

काठमाडौं । सोसल मिडिया प्लाटफर्म ट्वीटरले एउटा यस्तो फिचर थप गर्दैछ जसबाट प्रयोगकर्ताले समेत पैसा कमाउन सक्नेछन् ।

ट्वीटरले निकट भविष्यमै प्रयोगकर्ताको प्रोफाइलमा एक नयाँ बटन थप गर्न लागेको छ, जसको माध्यमबाट प्रयोगकर्ताले आम्दानी गर्न सम्भव हुनेछ । वास्तवमा यो फिचरका माध्यमबाट प्रयोगकर्ताले ती प्रयोगकर्तालाई आर्थिक सहयोग गर्न वा टिप्स दिन सक्नेछन् जसका उल्लेख्य फलोअर्स हुन्छन् र लोकप्रिय ट्वीट गर्दछन् । एप शोधकर्ता जेन म्यान्चुंग वोंगले एक तस्वीर शेयर गरेका छन् जसमा ट्वीटर प्रयोगकर्ताको प्रोफाइलमा एक टिपिंग बटनको फिचरलाई संकेत गर्दछ । उक्त बटनमा थिचिसकेपछि प्रयोगकर्ताले ब्याण्डक्याम्प, क्यास एप, प्याट्रिओन, पेपल तथा भेन्मो जस्ता अनलाइन भुक्तानी सेवामार्फत् रकम प्रदा गर्न सकिनेछ ।

गत फेब्रुअरीमा ट्वीटरले Super Follower नामको एक विवादास्पद फिचर ल्याएको थियो । जसमा चर्चित व्यक्तित्व वा सेलिब्रेटीहरुले आफ्ना फलोअर्सलाई शुल्क तिर्न लगाएर आफ्ना ट्वीटरलाई मुद्रीकरण गर्न सक्दथे । उक्त फिचर सार्वज्निक भएसँगै RIP Twitter नामक ह्यासट्याग एकाएक ट्रेण्डिङ भएको थियो । त्यस्तो फिचरले आम सर्वसाधारण प्रयोगकर्ताको भावनामा ठेस पुगेको र धेरै फलोअर्स भएका सेलिब्रेटीलाई मात्र महत्व दिइएको भन्दै ट्वीटरको आलोचना भएको थियो । यद्यपि भविष्यमा मनिटाइज भएका ट्वीटर अकाउन्टबाट आम्दानी गर्ने लक्ष्य चाहिँ ट्वीटरले राखेको छ । सन् २०१३ मा साढे ३१ करोड मनिटाइज गर्न सकिने दैनिक प्रयोगकर्ता पुग्ने ट्वीटरका सिइओ ज्याक डोर्सीको प्रक्षेपण छ । यसबाट ट्वीटरले आफ्नो आम्दानी वार्षि साढे ७ अर्ब डलर पुर्याउने बताइएको छ ।-एजेन्सी

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close