अब शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना परीक्षण गर्न पाइने

६ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न दिने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटी/पीसीआर गर्न पाउनेछन् । यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क परीक्षण गर्न दिने निर्णय भएको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also

Close
Back to top button
Close