आज कुन देशको मुद्राको भाउ कति पुग्यो, हेर्नुस्

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (साउन २२) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६७ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close