आज राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानीकाे उट्घाटन गरिँदै

दिपेश श्रेष्ठ, चैत्र २०, २०७७ काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मेलम्ची खानेपानीको औपचारिक उट्घाटन गर्ने भएकी छिन् ।

काठमाडौँको भृकुटीमण्डपमा धाराको टुटी खोलेर राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानीको उट्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा राष्ट्रपतिबाट उद्घाटनको कार्यक्रम राखिएको हो । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाइएको छ । राष्ट्रपति भण्डारीले दिउँसो २ बजे मेलम्ची उट्घाटन गर्ने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उट्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन् ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उट्घाटन गर्ने तयारी रहेको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले एम बि खबरलाईलाई बताए । सर्वसाधारणलाई साक्षी राखेर मेलम्ची उट्घाटन गर्न लागिएको उनको भनाइ छ । यसअघि आयोजनाले २३ गते उट्घाटन गर्ने तयारी गरेको थियो । तर पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उट्घाटन कार्यक्रम अगाडि सारिएको हो । काठमाडौं उपत्यका केही स्थानमा आइतबारदेखि नै मेलम्चीको पानी वितरण थालिसकिएको छ ।

हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन बिराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ । हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close