आशिष र रेश्माको ‘पानी बादलु’

गायक आशिष सचिन र गायिका रेश्मा पुनको स्वरमा समावेश ‘पानी बादलु’ सार्वजनिक गरिएको छ ।

दीपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । गीतलाई डान्सिङ शैलीमा तयार पारिएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा सचिनको साथमा अलिसा शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन खतिवडा, खड्गबहादुर पुनले अभिनय गरेका छन् । गम्भिर बिष्टको निर्देशक तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।

गायक सचिनले यो गीतबाट आफू आशावादी रहेको सुनाए । उनले, दर्शकले दिएको मायाकै कारण आफूले यसपटक केही फरक शैलीको गीत तयार पारेको बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close