इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा

इन्टर मिलान कोपा इटालिया कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इन्टरले सिरी ‘ए’ प्रतिद्वन्द्वी फियोरेन्टिनालाई २–१ गोलले हरायो ।

घरेलु मैदानमा इन्टरलाई जिताउन एन्टोनियो क्यानड्रेभा र निकोलो बारेल्लाले गोल गरे । फियोरेन्टिनाका लागि मार्टिन कासर्सले एक गोल फर्काए । ४४औं मिनेटमा एन्टोनियो क्यानड्रेभाले लोउटारो मार्टिनेजको पासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए । त्यसपछि ६०औं मिनेटमा मार्टिनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६७औं मिनेटमा निकोलोले गोल गर्दै इन्टरलाई अगाडी बढाए ।

त्यसपछि थप गोल नहुँदा इन्टर विजयी भयो । इन्टरमा यही खेलबाट क्रिस्टियन इरिक्सन र भिक्टर मोसेसले ‘डेब्यु’ गरेका छन् । दुवै खेलाडीलाई दोस्रो हाफमा मौका दिइएको थियो । इरिक्सन इङ्लिस क्लब टोट्टनहामबाट इन्टर पुगेका हुन् । मोसेस चेल्सीबाट लोनमा इन्टरमा आवद्ध भएका हुन् ।सेमिफाइनलमा अब इन्टरले नापोलीसँग खेल्नेछ । अर्को सेमिफाइनलमा एसी मिलान र इटालियन महारथी युभेन्ट्स भिड्नेछन् । सेमिफाइनल खेल फेब्रुअरी १३ तारिख हुनेछ । एजेन्सी

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close