उपनिर्वाचनमा बादललाई सहयोग गर्ने माधवको प्रतिवद्धता

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिताउने प्रतिबद्धता जनाएका छन् ।

बागमती प्रदेशमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा थापा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् । मंगलबार दिउँसो वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमा पुगेर थापाले सहयोगका लागि आग्रह गरेका थिए । थापाको आग्रहलाई जवाफमा नेपालले पूर्ण सहयोग गर्ने वचन दिएको थापाको सचिवालयले जनाएको छ ।

‘पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनको विषयमा केन्द्रित थियो,’ भेटवार्तापछि गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले जारी गरेको प्रेस नोटमा भनेका छन्, ‘भेटमा नेता नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो । भेट सकारात्मक रहेको उहाँको भनाइ छ ।’

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close