कति आवश्यक भोजनमा बोसो पदार्थ ?

चिकित्सकहरु भन्छन्, धेरै चिल्लो पदार्थ स्वास्थ्यका लागि हानिकारक हुन्छ । यही अनुसार धेरै आफ्नो खानपानबाट चिल्लो पदार्थ कटौती गर्छन् । खासगरी तरकारीमा कम मात्रामा तेलको प्रयोग गर्छन् । यससँगै कतिले दुधजन्य उत्पादन समेत सेवन गर्दैन, शरीरमा बोसो पदार्थ बढ्छ भन्ने भयले ।

जबकी हाम्रो शरीरलाई अन्य पोषक तत्व जस्तै बोसो पदार्थ पनि आवश्यक हुन्छ । यद्यपि यसरी प्राप्त गर्ने बोसो पदार्थ सन्तुलित र प्राकृतिक हुन जरुरी छ ।
‘द अमेरिकन हार्ट एसोसिएसन’ले स्वस्थ रहनको लागि खानपानमा खराब फ्याट (स्याचुरेटेड)लाई राम्रो फ्याट (अनस्याचुरेटेड)ले विस्थापन गर्ने सल्लाह दिएको छ । राम्रो स्वास्थ्यको लागि हामीले भोजनमा मोनोस्याचुरेटेड वा पोलीस्याचुरेटेड फ्याट ग्रहण गर्नुपर्छ ।

त्यसैले स्याचुरेटेड वा ट्रान्सफ्याटको सट्टामा मोनोस्याचुरेटेड वा पोलीस्याचुरेटेड युक्त खाद्यपदार्थ ग्रहण गर्नुपर्छ । पोली स्याचुरेटेड फ्याटले रगतमा खराब कोलेस्टेरोलको स्तरलाई कम गर्छ जसको कारण मुटुसम्बन्धी रोगहरु र स्ट्रोकको खतरा कम हुन्छ । यसबाहेक फ्याटले शरीरमा कोषहरु बन्न र विकसित हुन पोषक तत्व पनि प्रदान गर्छ । खानामा यस्तो तेलको प्रयोग गर्नुपर्छ, जसमा स्याचुरेटेड फ्याटको मात्रा कम होस् । यसको लागि मकै, जैतुन, बदाम, सोयाबिन वा सनफ्लावरको तेल प्रयोग गर्न सकिन्छ ।

लाभदायक माछा

माछा प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । अन्य मासुजन्य पदार्थको तुलनामा यसमा स्याचुरेटेड फ्याटको मात्रा धेरै कम हुन्छ । माछा ओमेगा ३ फ्याटि एसिडको पनि धेरै राम्रो स्रोत हो । ईपिए र डिएचए जस्ता ओमेगा ३ फ्याटी एसिडहरु हाम्रो शरीरको लागि धेरै आवश्यक छन् किनभने हाम्रो शरीरमा यसको निर्माण हुँदैन । यसलाई खानाको माध्यमबाट नै ग्रहण गर्न आवश्यक छ । यसका शाकाहारी स्रोतहरु ओखर, बदाम र सोयाबीन हुन् ।

ओमेगा ३ फ्याटी एसिडले शरीर सुन्निन कम गर्छ । सुन्निने अर्थात इन्फ्लेमेसनको कारण रक्तनली क्षतिग्रस्त हुन्छ जसको कारण हृदयरोग वा स्ट्रोकको खतरा बढ्छ । यसको बाहेक यसले मुटुको धड्कनको उतार चढावको खतरा पनि कम गर्छ र मुटुलाई सुरक्षित राख्छ । हालै १५ सय वयष्क मानिसहरु माथि गरिएको एक अध्ययनबाट ओमेगा ३ फ्याटी एसिड मस्तिस्कलाई सहि तरिकाले काम गर्नको लागि आवश्यक भएको पुष्टी भएको छ ।

अध्ययन अनुसार बच्चामा मस्तिस्कको सही विकासको लागि ईपिए र डिएचए आवश्यक छ । ओमेगा ३ फ्याटी एसिडले एकाग्रता बढाउन र कठिन कार्यहरु गर्ने क्षमता बढाउनमा पनि मद्धत गर्छ । कोरोनरी हार्ट डिजिजबाट पीडितहरु डाइटको माध्यमले पर्याप्त ओमेगा ३ प्राप्त गर्न सक्दैनन् । यस्ता मानिसहरु डाक्टरको सल्लाह लिएर सप्लिमेन्ट ग्रहण गर्न सक्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close