कांग्रेसले केन्द्रीय समितिको बैठक २४ गतेका लागि सारे

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २१ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक २४ गतेका लागि सारेको छ ।

बिहीबार कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कात्तिक २४ गते बैठक बोलाउन सुझाव दिएको एक नेताले बताए ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी कात्तिक २४ गते दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिमाथि थप छलफल गरेर सहमति खोजेर बैठक बस्ने ती नेताले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close