‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक

गायक किरण भुजेल र गायिका एलिना चौहानको स्वरमा फरक शैलीको गीत ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक भएको छ ।

किरण भुजेलकै प्रस्तुतिमा तयार भएको गीतमा नेपासिनेले सहकार्य गरेको छ । गीतमा सुनिल कटुवालको शब्द, प्रेम घिमिरेको संगीत छ । यो गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले निर्देशन गरेका पछिल्ला भिडियोहरु चर्चामा छन् । भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

यो गीतको भिडियोमा गायक किरण भुजेल, गायिका एलिना चौहानको साथमा मोडलहरु श्रेया सिटौला, अजय श्रीज, सुनिल कटुवालको अभिनय हेर्न सकिन्छ । भिडियोमा विधानले कलाकारलाई स्कुले जीवनमा फर्काएका छन् । स्कुले जीवनमा हुने चञ्चलता, प्रेमको कुरा भिडियोमा हेर्न सकिन्छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close