कालिम्पोङमा नेपाली फिल्म निर्माता रुदेन सादा विजयी

एजेन्सी । फिल्म निर्माता रुदेन सादा लेप्चाले पश्चिम बंगालको विधानसभा चुनावमा जित हासिल गरेका छन् ।

उनले स्वतन्त्र विधायकका रुपमा कालिम्पोङबाट चुनाव जितेका हुन् । रुदेन सादा फिल्म क्षेत्रको विकास र प्रवद्र्धनमा सक्रिय छन् । दुई वर्षअघि उनको निर्माणमा तयार भएको ‘आप्पा’ नामक फिल्म भारत र नेपालमा एकसाथ प्रदर्शन भएको थियो । यस फिल्ममा दयाहाङ राई, तुलसी घिमिरेसहितका कलाकारहरुले अभिनय गरेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close