कोरोनासंगै भित्रिएको सामाजिक तीन घटना : मिरा पुडासैनी

तीन घटना
सत्यघटनामा आधारित काेभिड सङ्क्रमण सगँ सम्बन्धित धेरै घटनाहरू मध्यवाट मलाई नराम्ररी खलवलाएका समाजका प्रतिनिधि घटनाक्रमहरू :

घटना १ :
घटना सामान्य हुन्छन् कि असामान्य त्यसकाे मापन निम्त्याएकाे परिणाममा नै आधारित रहेर नै हुने हाे भने घटना एक लाई सामानेय नै मान्न सकिएला। घटना १ मा सामान्य अवस्थामा पनि हामीले समाजमा देख्दै , भाेग्दै आएकाे र अहिलेकाे समाजकाे ऐना कै रूपमा मैले पाएकाे छु।

४ जनाकाे सम्पन्न परिवार , सुगर, प्रेसर तथा अरू पनि बुड्याैली राेग पालेका ७० पुग्नै लागेका जना वृद्ध वृद्धा । तिनका २ मात्रै सन्तान छाेराहरू विदेशी भुमिमा आफ्ना विस्तारित परिवार सहित। विदेशिनुमा रहर , वाध्यता वा सँस्कार ले के हाे त्याे तिनीहरूलाई नै थाहा हाेला । तर सामान्य स्थितिमा याे परिवारमा सबै राम्राेसंगै चलेकै देखिन्थ्याे। तर जब हाम्राे देशमा पनि काेभिड सङ्क्रमणकाे दाेस्राे लहर देखिन थाल्याे र त्याे लहर काेराेना भाईरसकाे दाेस्राे नयाँ भेरियन्टले गरेकाे हाे भनेर भनिईदै थियाे । त्यसै बेला सचिव स्तरकाे सरकारी सेवाबाट अवकाश प्राप्त याे परिवारका श्रीमती जस्ले २/३ दिन अघि एउटा आफन्तकाे विवाह भाेजबाट सायद काेराेना भाईरसकाे काेसेली लिएर आउनु भएछ र त्याे क्रमश श्रीमानमा पनि सर्याे, एक दुई दिन काेराेनाकाे शंका नै नगरि सामानय ज्वराे आएकाे मानेर सिटामाेल किनेर खान थाल्नु भएछ तर ज्वराे र अन्य लक्षण असामान्य हुँदै गईसकेपछि यी दुई दम्पतिले जाँच गराउँदा काेभिड १९ पुष्टि भएछ। विवाह पारिवारिक भएकाले अन्य नजिकका धेरै आफन्त पनि सङ्क्रमित हुनु भएछ। त्यसैले वृद्ध वृद्धा मात्र भएकाे त्याे परिवारमा सहयाेग गरिदिने काेहि नहुनु कुनै नाैलाे कुरा भएन। लासामा सुन छ कान मेराे बच्चै भनेझै, छाेरा छाेरी आफन्त ,धन सम्पति, पैसा मात्र भएर पनि हुँदाेरहेनछ भनेर चाहिँएकाे बेलामा नभएपछि भनेर भनिरहनु नै परेन।

विदेशमा भएकाे परिवारले पनि अरू बेलामा सधै आफ्नाे कर्तव्य राम्रै निभाईरहेका भएपनि अहिले वुवा आमालाई चाहिएकाे बेलामा न आउन सकिने वातावरण थियाे न त कसैले पनि भाैतिक रूपमा सहयाेग गर्न सकिने अवस्था। न अस्पतालमा बेड पाईन्छ, न स्वास्थ्यमा सुधार नै , निक्कै नै कठिन परिस्थितिमा ७/८ दिन सम्मपनि केही सुधार नभएपछि आफन्त स्वास्थ्यकर्मी डाक्टर काे सल्लाह र सहयाेगमा एकजना स्वास्थ्यकर्मी लाई घरमा नै पठाएर काेभिडकाे सम्पूर्ण उपचार प्रकृया र नियमित सल्लाह स्वरूप ती दुवै जना बुवा आमालाई करिव करिव २२/२४ दिनमा स्वास्थ्यमा सुधार भयाे। यसविचमा सम्पूर्ण परिवारजन, विदेशिएका छाेराकाे परिवारकाे मनाेदशा , ती वृद्ध वृद्धाले भाेग्नुपरेकाे भाैतिक, मानसिक पीडा, शब्दमा वर्णन गर्नै नसकिने खालकाे छ। यदि यी दुईजना मध्य एकजनालाई वा दुवैजनालाई केही तलमाथी भईदिएकाे भए, याे घटना घटना हुन्थ्याे कि दुर्घटना। विज्ञानका सबै नियमहरू कहाँ नियमित भएका हुन्छन र यिनै कुरा हरू नै सायद नियमित आकस्मिकता भित्र पर्ने हाेलान्। म बालकृष्ण सम सम्झिरहेकाे छु ।

घटना २ :
मृत्यु शाश्वत हाे, पृथ्वीमा सबै प्राणीहरूकाे निस्चित आयु ताेकिएर नै पठाईएकाे हुन्छ भनिएकाे छ। यस्मा कुनै शँका छैन तर शाश्वत हुँदाहुँदै पनि कुनै मृत्युलाई जिवनकाे नित्य र नियमित चक्र हाे भनेर मान्नलाई गार्हाे परिरहेकाे हुन्छ।

जानाजान नै त नभनाै, मानिसकाे सामाजिक संम्रचना, धर्म र परम्परा ,पारिवारिक परिवेश, सँस्कार र परम्पराका नाममा गलत समय, प्रतिकुल परिस्थितिमा गरिएका कतिपय निर्णय गलत सावित हुन जान्छन् भनेर याे घटना २ ले प्रमाणित गरिदिएकाे छ कि जस्ताे लाग्छ। देशमा काेभिड महामारीकाे जटिल अवस्थाका बिच सात समुन्द्र पारि बाट सपरिवार आफ्नै परिवारकाे सदस्य काे बिवाह मनाउन बैशाषकाे दाेस्राे हप्ता नै नेपालमा आउँदा कसैलेपनि सभ्भावित भयङ्कर घटनाक्रककाे कल्पनापनि गरेकाे नहुँदाे हाेला ।तर नियति भनाै या जानाजान हुनसक्ने घटनाप्रति गरिएकाे नजरअन्दाज । छाेरा छाेरीकाे विवाह कर्तव्य पनि र पराईघरमा छाेरी विदाई गर्नु पर्दा परेकाे चाेट पनि सबै परिवार भेटघाट हुँदा गरिएकाे रमाईलाे पलले भुल्न त के सक्थ्याे र तर पनि थाेरै जमघट का विच विवाह सम्पन्न भई दुल्हन फर्काईसके पछि त्याे परिवारका सबैमा काेभिड सङ्क्रमण कताबाट आयाे भनेर खाेजतलास यहाँ गरिरहनु आवस्यक थिएन। छाेरीकाे माईती खलक मध्ये अधिकांश सङ्क्रमित भएका थिए । दुलही आफै सङ्क्रमित भएकी थिईन।

तर अधिकाश राेग पालेर ओैषधीकाे भरमा रहेकी दुलही कि आमा तथा विदेशबाट आएका छाेरामा जटिलता देखिएकाे थियाे। आमालाई भेन्टिलेटरमा नै राख्नु पर्ने स्थिति भएकाले अस्पतालकाे बेड नै नपाईने जटिल स्थितिमा विभिन्न माध्यमबाट बल्ल उपचार गराउन सकिने स्थिति भएकाे थियाे। तर डाक्टर, नर्स, तथा अन्य स्वास्थ्यकर्मीकाे प्रयास तथा परिवारकाे प्राथनाले काम गर्न सकेन । आमाकाे करिव ५० वर्ष कै उमेरमा भेन्टिलेटरमा नै श्वास राेकियाे भने, दुलही का दाजु बल्ल ८-१० दिनकाे अस्पताल बसाईमा सुधाराेन्मुख अवस्थातिर आईरहेका छन्। याे घटनाकाे जिम्मेवारी कस्ले लिने हाे। घटनासगँ सम्वन्धित सबैजना ले कस्ताे मनाेदसाबाट गुज्रिनु परिरहेकाे हाेला, हामी अनुमान लगाउन सक्दैनाैं। परिवारले आमा गुमाएकाे छ , छाेरीले विवाह पछि एकपल्ट पनि माईती बनेकाे घरमा आउन नपाई आमा गुमाउनु कम्ति पिडादायक हुन्छ हाेला।

घटना ३:
कुनै एउटा सम्पन्न परिवार भित्रकि बृद्द आमा लाई काेभिड सङ्क्रमण भएपछि छाेरा बुहारीले आईसाेलेसनमा राखेर रेखदेख गर्न थाल्छ। अरूपनि स्वास्थ्य समस्या भएकि बृद्धअबश्थाकि आमालाई नयाँ भेरियन्टकाे काेभिड सङ्क्रमणले शिथिल नै बनाएकाे हुन्छ।

अस्पतालमा बेड तथा अक्सिजन नपाएर विरामीहरू काे मृत्यु भईरहेकाे देखेसुनेका सबै अतालिन्छन्। तर बृद्ध आमालाई आफुलाई जाेगाएर तर भाैतिक रूपमा सम्पर्कमा रहेर सेवा, माया, आत्मियता यस्ताे सङ्क्रमणकाे जाेखिम माेलेर कसैले दिन सक्ने स्थिति हुँदैन। त्याे आँट तथा जाेखिम छाेरा, बुहारी तथा अन्य परिवारका सदस्यले उठाउन सक्ने कुरै भएन। डाक्टरकाे सल्लाह र काेभिड उपचारमा उपयाेग हुने ओैषधी सुरू गरिसकिएकाे भएपनि काम गरिरहेकाे थिएन । छाेरा तथा छाेरीले आमाबुवाकाे माया र आमाबुवाले आफ्ना सन्तानलाई घटि र बडि माया कसैले पनि गर्न सक्दैन हाेला । माया नाप्न सकिने यन्त्रकाे आविस्कार भएकाे भए देखिन सकिन्थ्याे हाेला। के कारणले कुन तत्वले हाे कुन्नि त्याे तिर नजाओैं तर आमालाई आफ्नै निग्रानीमा रेखदेख गर्न भनेर घर गरिसकेकी ती आमाकि छाेरीले आमालाई रेखदेख गर्ने जाेखिम लिन तयार किन भईन, कि हरेक छाेरीले आमा बुवालाई गर्ने माया छाेराहरूकाे कर्तव्य भन्दा बढि नै हुने पाे हाे कि भन्ने प्रश्नले मलाई निक्कै बेर घाेत्लिईन बाध्य बनायाे।

यसरी छाेरीले आफुलाई आमाकाे सेवामा समर्पित गराउन खाेज्दा उनलाई उनका परिवार र छाेरा छाेरीले सहमति दिएका थिए कि थिएनन्। आमालाई काेभिडसंगकाे युद्ध बाट जिताएर ल्याउने अठाेट गरेकी ती साहसी छाेरीलाई के थाहा, दुबै आमा छाेरीले नै पराजित हुनुपर्छ भनेर। अनि तिनकाे परिवारमा पनि श्रीमान्ले प्राणप्यारी श्रीमती तथा आमालाई गुमाउँछाै नै भनेर साेचेका थिए हाेलान्। अनि याे समाजकाे नजरमा कर्तव्य निष्ट छाेरा भन्दा यिनकाे स्थान कति माथि हुँदाे हाे, याे कुराकाे मुल्यांकनले यिनकाे परिवारमा छाेडेकाे रिक्ततालाई कसरी पुर्ती गर्ला र खै ??? मलाई भने कमसेकम एउटा स्वास्थ्यकर्मी बिरामी आमाकाे प्रतक्क्ष रेखदेखमा राखिदिएकाे भए आमा र छाेरीकाे ज्यान जाने थिएनकि भन्ने मनमा लागिरहन्छ। छाेरीले आमाकाे निम्ति गरेकाे आफ्नै जिवनकाे उत्सर्गलाई अरूले विर्सिएपनि तिनका सन्तान र परिवारले कहिल्यै भुल्ने छैनन्। घर , परिवार, सामाजिक संम्रचना, पारिवारिक उत्तरदायित्व, सँस्कार , परम्परा, रहर, बाध्यता , जीवन र मरण विचकाे अन्तरसम्बन्धबाट घटित यी ३ वटै घटनाक्रम कुनैपनि अर्थमा नियमित प्रकृया हुन भन्ने लाग्दैनन् मलाई त। याे कस्ताे बाध्यता हाे जस्ले परिवारसगँ छुटिएर , छुट्टयाइएर बाबू आमाप्रतिकाे कर्तव्य र जिम्मेवारी पूरा भएकाे मान्न हामी तयार हुनु पर्छ ।

बाबू आमा किन सन्तानलाई नविदेशिनकाे लागि भन्न सक्दैनन्। अनि सन्तानकाे कस्ताे रहर र बाध्यता हाे जस्ले आफ्ना बृद्ध बुवा आमाकाे निम्ति याे कुरा साेच्ने हिम्मत पनि राख्दैन। कस्ताे परम्परा र विवाह संस्कार हाे जस्ले प्रतिकुल परिस्थिति का बावजुदपनि आफ्नाे निरन्तरता केवल समाजलाई देखाउनकाे निम्ति अग्रसर भईरहनु पर्छ ? आमाबुवाकाे सेवा जति गरेपनि कमै हुन्छ भनेर सन्तानले नवुझेसम्म र कर्तव्य भन्दा माथि उठेर नसाेचेसम्म हामी आफुले आफुलाई सही साबित गर्नै सक्दैनाैं। छाेरा छाेरीले आफ्ना जन्मदाताकाे सेवा अरूलाई देखाउनकाे लागि भन्दापनि आफुले आफुलाई नै सावित गर्नकाे निम्ति गरिनु पर्छ ताकि कुनै पनि सन्तानले बावुआमा नरहेपछि याे त मैले गर्न सक्थे नि भनेर पछुताे गर्न नपराेस्। मैले हुने र सक्ने जति गरेकै हुँ भनेर चित्त बुझाउन सक्नु साँचाे अर्थमा कर्तव्य निभाएकाे भन्ने बुझिन्छ।

यी सबै सत्यघटनाहरूमा आधारित भएर लेखिएका कुराहरू हुन कसैकाे व्यक्तिगत जिवनमा मिल्न गएमा संयाेग मात्र हुनेछ।(मिरा पुडासैनी -शिक्षासेवि,समाजसेवी)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close