कोरोना संक्रमितको संख्या २४६ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशको नवलपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजै काठमाडौं र कपिलबस्तुमा पनि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । यसअघि मन्त्रालयले संक्रमितको संख्या २ सय ५० पुगेको बताए पनि पछि सच्याएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close