‘क्याप्टेन’ युटुबबाट सार्वजनिक

नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ युटुबमा रिलिज गरिएको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो चलचित्र आज सार्वजनिक भएको हो ।

यो चलचित्र करिब २ बर्ष अगाडि हलमा रिलिज भएको थियो । हलमा औषत व्यापार गरेको यो चलचित्रले युटुबमा राम्रो दर्शक पाइरहेको छ । सार्वजनिक भएको ४ घन्टामा १ लाख भन्दा बढी भ्यूज पाएको चलचित्रलाई दर्शकले रुचाएका छन् । भूवन केसीको लगानीमा तयार भएको यो चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय छ ।

फुटबलको कथालाई उठान गरेको यो चलचित्रमा नायक अनमोल केसी फुटबलरको भूमिकामा देखिएका छन् । यही चलचित्रबाट नायिका उपासना सिंह ठकुरी चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । केही साता अगाडि नायक अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ पनि युटुबमा रिलिज भएको थियो । यो चलचित्रले युटुबमा नयाँ रेकर्ड राखेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close