चीनको ७३ तले भवन हल्लिए पछि, मानिसहरुको उद्धार गर्नुपर्यो

५ जेठ, काठमाडौं । दक्षिणी चीनको सेन्जेन सहरस्थित एक गगनचुम्बी भवन अचानक हल्लिन थालेसँगै उक्त भवनमा मानिसहरुको उद्धार गरिएको छ ।

स्थानीय प्रशासनका अनुसार मंगलबार साँझ यो घटना भएको थियो । ९८० फिट अग्लो एसईजी प्लाजा भवन हल्लिन थालेसँगै मानिसहरुको उद्धार गरिएको हो । त्यतिबेला चीनमा कुनै भूकम्प पनि नगएकाले भवन हल्लिनुको कारणबारे अहिले अनुसन्धान भइरहेको छ । २० वर्ष पुरानो यो भवनमा धेरै कम्पनीका कार्यालयहरु छन् भने यसमा इलेक्ट्रोनिक्सको एक ठूलो बजार पनि लाग्ने गरेको छ । यो भवन चीनको सेन्जेन भवनको बीचमास्थित छ । करिब एक करोड २५ लाख जनसंख्या रहेको यो सहरमा यो भवन एक ठूलो सपिङ सेन्टरको रुपमा चिनिँदै आएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोमा मानिसहरु भवनभन्दा बाहिर निस्किएर दौडिरहेको देख्न सकिन्छ । मानिसहरुले भूकम्प नआउँदा नै भवन किन हल्लिएको हो भन्नेमा आशंका व्यक्त गरिरहेका छन् । चिनियाँ सरकारी समाचारपत्र द ग्लोबल टाइम्सका अनुसार मंगलबार दिउँसो साढे १२ बजेबाट उक्त भवन हल्लिन थालेको थियो । साढे २ बजेसम्म यो भवन खाली गराइएको थियो । समाचारमा हताइए अनुसार हल्लिएको कारण भवनमा कुनै चिरा देखिएको छैन भने भवनमा अन्य कुनै क्षति पनि पुगेको छैन । एईजी प्लाजा चीनको १०४ औं अग्लो भवन हो । एजेन्सीहरुको सहयोगमा

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close