चेल्सीलाई हराउँदै लेस्टरले जित्यो एफए कप

२ जेठ, काठमाडौं । लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ ।

२१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १-० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो । लेस्टरको लागि खेलको दोस्रो हाफमा युरी थिलेमन्सले एक मात्र गोल गरे । उनले ६३औं मिनेटमा लङ रनेजबा६ उत्कृष्ट गोल गरेका थिए । ८९औं मिनेटमा लेस्टरकै पूर्व खेलाडी बेन चिलवालको प्रहार डिफ्लेक्स हुँदै गोल भएको थियो । तर भिएआर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।

यसअघि चार पटक फाइनल खेलेपनि एफए कपको उपाधि जित्न नसकेको लेस्टर पाँचौ पटकमा भने भाग्यमानी बन्यो । लेस्टरले यसअघि सन् १९४९, १९६१, १९६३ र १९६९ मा फाइनल खेलेपनि उपविजेता बनेको थियो । उता ८ पटक उपाधि जितेको लण्डन क्लब चेल्सी लगातार दोस्रो पटक उपविजेतामै सीमित बनेको छ । चेल्सीले पछिल्लो पटक सन् २०१८ मा एफए कप जितेको थियो ।

अर्को लण्डन क्लब आर्सनलले सर्वाधिक १४ पटक उपाधि जितेको छ भने म्यानचेष्टर युनाइटेडले १२ पटक यस जितेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close