‘जनता सडकमा निस्किन थालेपछि तानाशाहको सातो गयो’ -रामकुमारी झाँक्री (भिडियो)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै राज्यविरुद्धको कसुरमा बिहीबार दिउँसो एक बजे निवासबाटै गिरफ्तार गरिएकी रामकुमारी झाँक्रीलाई प्रहरीले साढे पाँच घण्टापछि छाड्यो ।

प्रहरीले गरेको सोधपुछका क्रममा उनले राष्ट्रपति संस्थाप्रति सधैं सम्मान रहेको बताएकी छन् । शुक्रबार बिहान अनलाइनखबरसँगको कुराकानीमा पनि उनले राष्ट्रपति संस्थाबारे सम्मान जनाउने तर व्यक्तिको प्रवृत्तिबारे बोल्न नछोड्ने बताइन् । झाँक्रीले भनिन्, ‘सम्मानित राष्ट्रपति संस्थाप्रति जहिले पनि मर्यादा छ । व्यक्तिको प्रवृत्तिविरुद्ध हामी सडकमा छौं । लडेर पराजित गर्छौं । हाम्रो उपलब्धिमाथि आक्रमण गर्दै निरंकुशतातर्फ लागेका कार्यकारीको साक्षी बस्ने राष्ट्रपतिलाई त कारबाही हुन्छ ।’

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close