जसपाको संसदीय दलको बैठक बस्दै

२५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक मंगलबार बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेलगायत समग्र राजनीतिक परिस्थितिबारे छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । संसदको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । गत आइतबार बोलाइएको पुनःस्थापित संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न अनुमति दिइएको विरोधमा नेपाली कांग्रेस र जसपाले बैठक अवरुद्ध गरेका थिए ।

विरोधका बाबजुद सभामुख सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई संवैधानिक अध्यादेशसम्बन्धी विधेयक पेश गर्न अनुमति दिएपछि कांग्रेस र जसपाका सांसदले नाराबाजी गर्दै रोष्टम घेरेका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि भावी सत्ता समीकरणमा कांग्रेस र जसपा निर्णायक देखिएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close