जसपाले ठाकुरलाई प्रतिगमनकारी मतियारको संज्ञा दिदै कारबाही

काठमाडौं, १८ जेठ । जनता समाजबादी पार्टी नेपालको केन्द्रिय कार्यालय बालकुमारीमा बसेको बैठकले जसपा नेपालले अध्यक्ष महन्त ठाकुर ,वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी बाट साधारण सदस्यसमेत नरहने गरी निस्कासनको कार्वाही गरेको छ।

जसपा पार्टी प्रवक्ता प्रचार विभाग प्रमुख डम्बर खतिवडाको हस्ताक्षरमा एक प्रेस विज्ञप्तिमा ठाकुर समूहले पार्टीको एजेण्डा, नीति तथा निर्णयविपरीत संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, पहिचान, समानुपातिक समावेशिताका विरोधी समेत रहेका केपी ओलीलाई साथ दिएपछि पार्टीले उनीहरुलाई पटकपटक सचेत गराएको तर ठाकुर समूह भने बेवास्ता गरि पार्टीको नीति बिपरित लागेको कारण कार्वाही गरेको जनाइएको छ । जसपाको कार्यकारिणी समितिको बैठकले नै ठाकुरसहितका चार नेतालाई पार्टी नीति र निर्णय विपरीत चलेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरि ११ गते पहिलो पटक तीन दिने स्ष्टीकरण सोधेको थियो । सोको जवाफ नपाएपछि पुनः जेठ १५ गते दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधेको र सोको पनि जवाफ नआए पछि जेठ १७ गते जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठकले पार्टी सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ ।

यस बिसयमा पार्टीका केन्द्रिय सदस्य दलमर्दन कामी संग सम्पर्क गर्दा उनले भने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार प्रति गामी रहेको र उनका मतियारको रूपमा पार्टी भित्र गतिविधि बढाउन लाग्न थाले पछी पार्टीले उक्त निर्णय लिएको बताए ।जसपाका केन्द्रिय नेता कामीले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता बिरोधि कसैलाई पनि छाडिन्न। पार्टी भित्र अझै केही ब्याक्तीहरु पनि त्यस्ता प्रतिगमनकारीको मतियारका रूपमा दुत बनेर रहेकाछ्न तत्काल उनीहरु पनि नसचिए उनीहरुलाइ पनि कार्वाही हुने बताए। जनताको निर्वाचित प्रतिनिधिसभालाई दुई/दुई पटक विघटन गर्ने, अलोकतान्त्रिक, असंवैधानिक, निरंकुश, अधिनायकवादी, प्रतिगमनकारी कदमका विरुद्ध पार्टीले जस्तोसुकै चुनौतीको सामना गरेर भएपनि अगाडि बढने र प्रतिगामी लाई घुडा टेकाइ छाड्ने कुरामा कामिले जोड दिएकाछ्न।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close