‘जित्छौँ हामी’ राष्ट्रिय गीतमा डा.बाबुराम भट्टराई

काठमाडौं । डा. बाबुराम भट्टराई, कोमल ओलीदेखि फिल्म कलाकार, गायक गायिका, खेलाडी लगायत करिव दर्जन चर्चित ब्यक्ति एउटै भिडियोमा देखिएका छन् ।

गायक बिनोद बाँनियाको स्वर तथा संगीत रहेको राष्ट्रिय गीत ‘जित्छौँ हामी’मा यी सबैको अभिनय देख्न सकिन्छ । देश यतिबेला कोरोना र सिमा अतिक्रमनको बिरुद्ध जुधिरहेको बेला गीतले सबै पक्षमा हौसला प्रदान गर्ने गायक बाँनियाले बताए । गीतको शब्द संजोक बश्यालले लेखेका हुन् । गीतको भिडियो पनि बनेको छ ।

बिजय बश्यालको निर्देशन रहेको भिडियोमा राजनीति नेता डा.बाबुराम भट्टराई, कोमल ओली, पृथ्वीसुब्बा गुरुङ, खेलाडी अनिल गुरुङ, सिपोरा गुरुङ, साबित्री भण्डारी, कलाकार अनुप बराल, दिया मास्के, राजबल्लभ कोइराला, माओत्से गुरुङ, प्रकाश घिमिरे, निराजन प्रधान, मिलन शंकर, शाहिल खान, कवि तिर्थ श्रेष्ठ र साहित्यकार सरस्वती प्रतिक्षा लगायतको अभिनय देख्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also

Close
Back to top button
Close