‘डान्स मास्टर लिल चाम्स’ आयोजना हुँदै

डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ आयोजना हुने भएको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गर्दै यसको टिमले औपचारिक रुपमा शो सुरु हुन लागेको जानकारी दिएको हो । ‘थ्रि प्रोडक्सन’ले ‘नेपा प्रोडक्सन’सँग सहकार्य गर्दै यो शो निर्माण गर्न लागेको हो । रियालिटी शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । विशालले चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका थिए भने उनकै निर्देेशनमा ‘कमेडी च्याम्पियन’ पनि प्रशारण भएको थियो । यो शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंह निर्माताको रुपमा रहनेछन् ।

यो शोमा १३ बर्ष भन्दा कम उमेरका बालबालिकाले मात्र सहभागीता जनाउन पाउनेछन् । शोको सुपरर जजको रुपमा सारंगा श्रेष्ठ रहनेछिन् । यस्तै, निर्णायकहरुमा तेरिया मगर, सुशान्त खत्री, रोहिया महर्जन रहनेछन् । शोको संचालन रीमा विश्वकर्मा र सुमन कोइरालाले गर्नेछन् । निर्देशक विशाल भण्डारीले राम्रो नृत्य गर्न सक्ने बालबालिकालाई अवसर दिने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए । उनले, अब राम्रो प्लेटफर्मको खोजीमा नेपालका बालबालिका विदेशका विभिन्न शोमा पुग्नु नपर्ने बताए ।

रियालिटी शोको विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै, दोश्रो हुनेले १५ र तेश्रो हुनेले नगद १० लाख पाउनेछन् । विजेताले कोरियोग्राफरसँग पाउने पुरस्कारको ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close