थप २७ जनामा कोरोना संक्रमण पुष्टि; संक्रमितको संख्या ४०२

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ । मंगलबार झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाहीका २, काठमाडौंका ३, भक्तपुरका १, ललितपुरका १, मकवानपुरका १, रामेछापका १, कपिलबस्तुका ४, लमजुङका १, सिन्धुलीका १ र नवलपरासीको १ जना गरी २७ संक्रमित पुष्टि भएको उनले बताए ।

संक्रमितहरु १७ देखि ४२ वर्ष उमेर समूहका छन् । संक्रमितमा २४ पुरुष र ३ महिला रहेका छन् । योसँगै कोरोना संक्रमण ३८ जिल्लामा फैलिएको छ।
यसैबीच झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close