दक्षिण कोरियामा भिषण वर्षा, १३ जनाको मृत्यु

सियोल । दक्षिण कोरियामा विगत ४ दिनदेखिको भिषण वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।

केन्द्रीय विपद निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १ देखि निरन्तर भइरहेको वर्षाले जनधनको ठूलो क्षति भएको हो । भारी वर्षाबाट राजधानी सियोल र वरपरका क्षेत्र व्यापक प्रभावित भएका छन् । उत्तरी चुङचियोङ प्रान्तका ५५५ परिवार समेत एक हजार २५ जनालाई सुरक्षित स्थलमा सारिएको छ । करिब ५ हजार ७५१ हेक्टर जमिन डुबानमा परेको छ भने निजी तथा सरकारी सम्पत्तिमा क्षति पुगेको छ ।

वर्षा प्रभावित मानिसको उद्धार एवं राहतका लागि २५ हजारभन्दा बढी प्रहरी, स्वयंसेवी र अन्य उद्धारकर्मी परिचालन गरिएको सरकारले जनाएको छ । –सिन्ह्वा

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close