दलित, आदिवासी, जनजाती, मुस्लीम, मधेशी लागि अभियानमा कालिकोटे

कानुनी शासन लोकतन्त्र र प्रजातन्त्रको प्रत्याभूतिका लागि न्यायप्रेमी नेपाली जनताको अभिमत मानिस मानिस बिचको भेदभाव विरुद्धको अभियानलाई साकार पार्न विभेद अन्त्य राष्ट्रिय अभियान संयोजक इन्द्र बहादुर कालिकोटे लागिपरेका छन् ।

उहाँले विभेद रहित समाज र देश निर्माण, विकास र समृद्धि खानी खोज तलास, जडीबुटी संरक्षण एवं प्रशोधन गर्न कुविचार कुसंस्कार अन्त्य गरि मानिस मानिस बिच सदभाव र सदाचार कायम गरी देशलाई नयाँ दिशा देखाउने अभियान भएको बताएका छन् । यस्तै मानव मानव विच हुने विभेद, छुवाछुत र भेदलाई अन्त्य गरी मानिस मानिस एक हो भन्ने प्रत्याभूति गराउन अभियान सञ्चालन गर्नुभएको हो । महिला, पुरुष र तेस्रो लिंगी गरि पहिचान खुलाउने गरी नागरिकता वितरण गर्ने नजिरको निर्माण गर्ने तथा अपांग, महिला कोटा भने कायम राख्ने तर दलित, आदिवासी, जनजाती, मुस्लीम, मधेशी कुनै पनि नभई सबै मानिस र जुन देशमा बसेको हो सो देशको नागरिक हुनुपर्ने अभियानको परिकल्पना रहेको छ ।

आयोग गठन अहिले डलर कमाउन खोलिएको सबै आयोग जस्तै दलित आयोग र अन्य सबै आयोग खारेज गर्ने र अन्य आयोगमा जडीबुटी प्रशोधन तथा संरक्षण आयोग हुनपर्ने र त्यस आयोगले गर्ने काम जडिबुटी अन्य देशमा विक्रि नगरी आफ्नै देशमा प्रशोधन गर्न आफ्नै देशको नागरिकलाई सक्षम बनाई अनुसन्धान गरी औषधी उत्पादन गर्ने अभियानको मुख्य परिकल्पना भएको समेत प्रष्ट पार्नुभयो । अन्य आयोगमा खानीहरुको खोजी र अनुसन्धान विज्ञ आयोग सम्म पनि उसैगरी सुन खानी, पित्तल खानी, तामाखानी, फलाम खानी, युरेनियम आदीको खोजी गर्न लाग्नुपर्ने समेत अभियान्त कालिकोटेले बताएका छन् । अन्त्यमा कालिकोटे भन्छन,मानिस मानिस बिचको बिभेदकारी प्रणाली हटाउन हामी तत्काल प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गर्छौ,सर्बोच्च अदालतमा रिट हाल्छौ ,त्यति गर्दापनी हाम्रो माग पूरा नभय अन्त्ररास्ट्रीय कानुन को सहायता लिनेछौ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close