धरहरा भत्किंदा पनि बचेकी श्रेष्ठलाई सम्मान

११ वैशाख, काठमाडौं । धरहरा भत्किंदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।

शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो । २०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्ने क्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् ।गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा धरहरा पूर्णरुपमा भत्किएको थियो । धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९०० बढीको ज्यान गएको थियो भने कैयौं भौतिक संरचना नष्ट भएको थियो ।

धरहराको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई पनि सम्मान गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close