भिडियो
नाजिर र अनुको ‘सरला’

विकास सुवेदीको निर्देशनमा तयार भएको ‘सरला’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
प्रलाद शाहको शब्द, निशान भट्टराइको स्वर र सुवास भुषालको संगीत यो गीतमा छ । मधेसी समुदायमा व्याप्त दाइजो प्रथाले निम्त्याएको समस्या र पीडालाई यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा नायक नाजिर हुसेन र मोडल अनु थापाको अभिनय छ । सागर प्रधानको छायांकन रहेको भिडियोमा जीवन थापाको सम्पादन छ ।