नेपाली इतिहासलाई चिर्दै, प्रधानसेनापतिको व्यक्तिगत सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो व्यक्तिगत सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सेनापति थापाले मंगलबार जंगीअड्डामा आयोजित समारोहमा  आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सेनापति थापाको सम्पत्ति विवरण सेनाको वेबसाइटमा राखिएको छ। थापाले सेनापति जिम्मेवारी समालेकाे एक वर्ष पुरा भएको अवसर पारेर उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । यसरी सम्पत्ति विवरण सार्वजनिक गर्ने थापा नै पहिलो सेनापति हुन् ।थापाले नेतृत्व समालेदेखि नै संगठन सुदृढीकरण र शुद्धिकरणका लागि थुप्रै साहसिक कदम चाल्दै आएका छन्।

थापाले आफूसहित श्रीमती र छोरीहरुको नाममा रहेको रकम, जग्गा र सुन, चँदी, शेयर लगायत सम्पत्तिको विवरण सार्वजनिक गरेका हुन् ।सेनाभित्र अनियमितता भएको आरोप लाग्ने गरेकाले त्यसलाई सुधार गर्न आफूले सम्पत्ति सार्वजनिक गरेको सेनापति थापाले बताएका छन् । उनले अन्य सैनिक अधिकारीलाई पनि सम्पत्ति सार्वजनिक गर्न सुझाव दिए ।

नेपाली सेनाको इतिहासमा सेनापतिले यसरी सम्पत्ति सार्वजनिक गरेको यो पहिलो पटक हो । थापाले भनेका छन्, ‘सेनाभित्र अनियमितता छ भन्ने आरोप लाग्छ । म यसलाई सुधार गर्छु । सेनाभित्रको अनियमितता र भ्रष्टाचार छानविन हुन्छ ।’ थापाको सम्पत्ति विवरणमा उनको साथमा २४ लाख नगद र ५५ तोला सुन रहेको बुझिएको छ । यस्तै ५९० तोला चाँदी र १० लाख बराबरको हार रहेको देखिन्छ । यस्तै विभिन्न बैंकमा संकलित रकम जम्माजम्मी २४ लाख रहेको उल्लेख छ ।

यस्तै उनले काठमाडौं, लमजुङ र नवलपरासीमा जग्गा रहेको पनि विवरणमा उल्लेख छ । यसबाहेक थापाले श्रीमती र छोरीको नाममा शेयरमा ४३ लाख रहेको पनि सार्वजनिक गरे । थापाले आफ्नो सम्पत्ति सार्वजनिकीकरणले गलत प्रवृत्तिलाई भत्काउन मद्दत पुग्ने आशा व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close