नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन

काठमाडौं,२२ वैशाख । नेपाल नर्सिङ संघकी पुर्व अध्यक्ष विष्णु राईको निधन भएको छ ।

वीर अस्पतालमा उपचाररत राईको निधन भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले पुष्टि गर्नुभयो । उहाँका अनुसार घरमा कुर्सीबाट लडी टाउकोमा चोट लागेपछि उहाँलाई अस्पताल ल्याइएको थियो । लामो समय देखि दुईवटै मिर्गौला फेल भई डाइलाइसिस गर्दै आउनुभएकी राईको ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । राईको ब्रेन ह्यमरेजका कारण निधन भएको जनाइएको छ ।

उहाँलाई मधुमेहको समस्या पनि थियो । राई नर्सिङ संघको १३ औं अध्यक्ष तथा ललितपुर नर्सिङ कलेजकी प्रमुख समेत हुनुथ्यो । ५७ वर्षदेखि नर्सिङ पेशामा आवद्ध भई उहाँले लाखौं बिरामीको उपचार तथा हेरचाह गर्नुभएको थियो । उहाँ पहिलो ख्रिष्टियन नेपाली नर्स हुनुन्थ्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close