नेपाल भारत सिमासँग प्रेमकथाः बाफ

‘तिनपाते…, के माया लाग्छ र?… जस्ता गीत र तिनका म्युजिक भिडियो बनाएको आर्टमाण्डु स्टुडियोले ‘बाफ’ बोलको म्युजिकल फिल्म रिलिज गरेको छ।

कथात्मक शैलीमा भिडिओ बनाएर अलग्गै पहिचान र स्वाद पस्कने आर्टमाण्डु स्टुडियोले यस बाफ गीतमा पनि तिनपातेकै गायक तथा संगीतकार सुजन चापागाँई र गायिका विधा तिवारीको आवाज साभार गरेको छ। नेपाली गाँउ, परिवेश र अर्गानीक नेपाली कथालाई समावेश गरेर बनाइएका ‘के माया लाग्छ र.. अनि ‘तिनपाते’ का भिडिओहरु नै यूट्यूबमा लगभग ४ करोड हाराहारीमा हेरिएको छ। नेपाली प्रेमी अनि भारतीय प्रेमिकाको बालापनदेखि वयस्क हुँदासम्मका रसिक र मौलीक प्रेमकथामा निर्माण गरिएको यस गीतको भिडिओ नेपाल भारत सिमासँग देशप्रेम अनि सामाजिक संरचनालाई गज्जबले उजागर गरेको निर्देशक नविन चौहानको भनाई छ।

प्रस्तुत म्युजिकल फिल्म ‘बाफ ‘ मा प्रताप दासको मुख्य भूमिका रहेको छ भने शिल्पा थापा, नयन नेपाल, सम्रान्त थापा , हर्क साउद , रिञ्छेन तामाङ्ग लगायतको अभिनय छ। यसलाई अनिश स्याङ्ग्देनले छायांकन गरेका हुन् भने सुरज पौडेलको सम्पादन रहेको छ। तीनपाते, साईली, दुबो फुल्यो जस्ता अनेकौ लोकप्रिय गीतका रचनाकार हर्क साउदको शब्द रचना रहेको यस गीतको संयोजन तथा संगीत उत्पादन गंगा थापाले गरेका हुन्। गीतको मिस्किङ्ग मास्टरिङ्ग कोबिद बज्रले गरेका हुन्।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close