न्यु डायमन्ड र पुलिस सेमिफाइनलमा

काठमाडौं । आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा न्यु डायमन्ड र पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गर्दै एक खेल बाँकी छदै अन्तिम चारको यात्रा तय गरे । अब न्यु डायमन्ड र पुलिसबीचको खेलले समूह ‘बी’ को विजेता टुंगो लगाउनेछ ।

पुलिसले ढोरपाटनलाई २५–१२, २७–२५, २५–१० ले हरायो । न्यु डायमण्डले टोरपाटनलाई २५–५,२५–१२, २५–११ को सोझो सेटमा हरायो ।बिहीबारनै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले पोखराको टप्स माविलाई २५–१३, २५–१६, २५–७ को सोझो सेटमा हरायो । समूह ‘ए’ मा आर्मीको यो दोस्रो जित हो । यसअघि आर्मीले पारामाउन्टलाई पराजित गरेको थियो ।

आर्मीसँग पराजित टप्सले पारामाउन्टमाथि ३–१ को जित निकाल्यो । बिहीबारको लागि तय भएको आर्मी र एपीएफबीचको खेल वर्षाका कारण रद्ध भएको छ । पहिलो सेट एपीएफले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि दोस्रो सेट वर्षाका कारण शुरु नै हुन सकेन । प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ, दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।रातोपाटी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also

Close
Back to top button
Close