पछिल्लो २४ घण्टामा ६८९१ ले जिते कोरोना

पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् ।

यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो । मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close