पूजा–आकाशको ‘सयौं जुनी’ साथ रहने बाचा

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले रुचाएका छन् । यो जोडीले एकपछि अर्को चलचित्रमा पनि काम गरिरहेको छ ।

यसैविच, लामो समयपछि यो जोडीले अभिनय गरेको ‘सयौं जुनी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अन्जु पन्त र प्रताप दासको आवाजमा समावेश गीतमा पूनम मोथेको शब्द, सरोज पोखरेलको संगीत छ । भिडियोमा निकेश खड्काको निर्देशन, विकास धमलाको सम्पादन, वुद्ध थापाको छायांकन छ ।

यो गीतको भिडियोमा पूजा र आकाश रोमान्टिक देखिएका छन् । पूजा र आकाशले अभिनय गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन र संझना विर्सना’ रिलिजको लागि तयार छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close