पूजा र पलको ‘पहिलो पटक भेट हुँदा’

नायिका पूजा शर्मा र नायक पल शाहले मोडलिङ गरेको ‘पहिलो पटक भेट हुँदा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा सरोज ओली र रचना रिमालको स्वर, दिनेश थपलियाको शब्द, अर्जुन पोखरेलको संगीत छ ।

गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा अमन मानन्धरको सम्पादन छ ।

यो भिडियोको छायांकन हायात होटल परिसरमा गरिएको हो । भिडियोमा पल र पूजा रोमान्टिक देखिएका छन् । तर, भिडियोमा पल र पूजाको केमेष्ट्रीलाई बलियो देखाउन निर्देशक चुकेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close