पृथ्वी र मेचुको “मलमल कुर्तावाली”

गायक पृथ्वी खनालको आवाज रहेको नयाँ गीत ‘मलमल कुर्तावाली’को भिडियो सार्वजनिक भएको छ । गीतको स्वरमा खनाललाई मेचु धिमालले साथ दिनुभएको छ ।

गायन रियालिटि शो भोईस अफ नेपालबाट चर्चामा आउनुभएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको यो पहिलो गीत हो । भोईसमा पृथ्वि उत्कृष्ट १३ र मेचु उत्कृष्ट ८ सम्म पुग्न सफल भएका थिए । ग्रिष्मा भट्ट र गिरिस भट्टको निर्माणमा बनेको गीतको शब्द लेखु सहयात्रीले लेख्नुभएको हो भने संगीत करण राज कार्कीको रहेको छ ।

भिडियोको मुख्य पात्रमा समेत गायक खनाल नै रहनुभएको छ भने, कोरियोग्राफि र निर्देशन मौसम हिमालीको रहेको छ । पहाड र तराई मुलका युवायुवती विचको माया प्रेममा ‘मलमल कुर्तावाली गीतको कथाबस्तु प्रस्तुत गरिएको गायक खानालले बताउनुभएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close