प्रचण्ड र माधव नेपालबीच भेटघाट

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल भइरहेको छ ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्ड नेपालसँग छलफल गर्न कोटेश्वर पुगेका छन् । नेता नेपालका सहयोगी मोहन गौतमले भोली बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने विषयवस्तुको बारेमा छलफल गर्न नेताहरुबीच भेटघाट भएको बताए । बुधबार बसेको सचिबालय बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा गृहकार्य गरी शनिबारका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close