प्रतिगामीविरुद्ध राष्ट्रिय एकता आवश्यक : प्रचण्ड

१५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुवीच सुदृढ राष्ट्रिय एकता आवश्यक भएको बताएका छन् ।

१४ औं गणतन्त्र दिवसको उपललक्ष्यमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतान्त्रिक संस्कार र संस्कृती निर्माण गर्न प्रतिगामी तत्व विरुद्धको एकतामा जोड दिएका हुन् । प्रचण्डले नेपाली जनताको ठूलो त्याग र वलिदानीबाट गणतन्त्र स्थापना भएको समेत उल्लेख गरेका छन् ।

उनले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य र मान्यतामाथि निरन्तर प्रहार भइरहेको समेत उल्लेख गरेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close