प्रतिनिधि सभाको विघटन संसदीय व्यवस्थाको असफलता : मोहन वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभाको विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताएका छन् ।

बिहीबार चार कम्युनिष्ट पार्टीहरुको रणनैतिक संयुक्त मोर्चा घोषणा कार्यक्रममा बोल्दै महासचिव वैद्यले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताएका हुन् । सरकारले समाजवाद र समृद्धिको कुरा गरिरहेको भएपनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उनको भनाइ छ । उनले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाइदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताए । बिहीबार मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् ।

मोर्चाले वर्तमान प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य, संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य राखेको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव वैद्यले जानकारी दिए । मोर्चाले क्रान्तिकारी कम्युनिष्टहरुलाई गोलबद्ध गरी पार्टी एकता गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने र जनजिविकाको समस्या समाधान गर्न निरन्तर संघर्ष गर्ने पनि उनको भनाइ छ । रणनैतिक संयुक्त मोर्चाले पहिलो चरणको आन्दोलन पनि घोषणा गरेको छ । घोषित कार्यक्रम अनुसार, भोलि माघ २९ गते काठमाडौंमा मोर्चाको घोषणा सभा, फागुन ६ गते बुटवलमा, फागुन १४ गते धनगढीमा, फागुन १८ गते इटहरीमा जनसभा सभा गर्ने भनिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close