प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझन् गौतम र पौडेल सिंगापुर जाने

काठमाडौं – नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न त्यसतर्फ जाने भएका छन् ।

प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था बझ्न उनीहरु मंगलबार सिंगापुर जान लागेको नेकपा सचिवालय स्रोत जनाएको छ । प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । यतिबेला उनको सिंगापुरको न्याशनल यूनिभर्सिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यसअघि १८ साउनमा सिङ्गापुर गरेर करिब दस दिनपछि स्वदेश फिर्ता थिए ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । राताेपाटी।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close