लेखन, अभिनय हुँदै निर्देशन सम्म -पनाह अधिकारि

बि.स २०४५ सालमा भारतको पन्जाबमा जन्मिएकी पनाह अधिकारिको बाल्यकाल भारत तिरै बित्यो ।

सानैदेखी अभिनय र नृत्यमा दखल पनाह २०६२ सालमा काठमाडौमा आइन । ६३ सालमा एस एल सी दिए पश्चात पनहाको निर्देसक राज बस्न्यात संग चिनजान भयो, उनि भन्छिन मेरो कर्मदिने बा, गुरु जे भने पनी राज सर नै हुनुहुन्छ । सुरुमा उनिलाइ हिरोइन बन्ने चाहना तेति जागेको थिएन। किनकी उनिले टेलिभिजन ,पत्रपत्रिका तिर विभिन्न समाचारहरु हेरी रहंदा बित्रिस्ना जागेको बताउछिन ।

२०६३ सालमा निर्देसक राजको मार्फत बाटै पनहाले पहिलो चोटि ‘फ्युचर’ नामक नेपाली फिल्म को कथा लेखिन र उनको लेखन यात्रा शुरु भयो । फ्युचर लेखनपछी उनि लाई फिल्म तथा टेलिफिल्म लेखनको ओइरो नै लाग्यो, लेख्दै जाने क्रममा सुन्दरी, सिलस्वभाब भएकै कारण नेपाली फिल्म ‘तडब’ मा उनिलाई पहिलो पटक नायिकाको भुमिकामा अफर आयो,उनिले खेलिन पनि ।

उनी भन्छिन तडब पछि मेरो कला मोह एक्कासी बिकशित हुन थाल्यो । आफ्नै फिल्म कम्पनी खोलेर हालसम्म सयौ नब कलाकार जन्माइसकेकी पनहाले आजसम्म ४ दर्जन फिल्म तथा ५ दर्जन टेलि फिल्ममा अभिनय गरिसकेकी छिन भने २ दर्जन ठूलो पर्दाको फिल्म लेखेकी छिन । अभिनय र लेखन कै क्रममा उनिले निर्देशन तिर हाल्दै थुप्रै टेलिफिल्म समेत निर्देशन गरिसकेकि छिन ।

हाल नेपाल चलचित्र कलाकार संघ को केन्द्रिय सचिब रहेकी पनहा आफ्नो सस्था प्रती उत्तरदायी हिसाबले आफ्नो कर्म गरिरहेकि छिन । भन्छिन ,कोभिड को यो महामारिमा कलाकार संघ ले निम्न बर्गिय कलाकर्मिलाई सहयोग गरिरहेको । कोहि हातमुख जोड्न समस्यामा हुनुहुन्छ भने सदबै हामी तयार छौ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close