बिर्सेर पनि नखानुहोस् तामाको भाँडामा यी खानेकुरा

एजेन्सी -तामाको भाँडाको प्रयोग कुनै नौलो कुरा होइन तर यसलाई प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्छ किनभने केही खानेकुरा यसमा राख्दा तामामा केमिकल रियाक्सन हुन्छ जुन शरिरका लागि निकै घातक पनि हुनसक्छ ।

धेरैलाई तामाको भाँडाको फाइदाबारे थाहा छ तर त्यसको हानीबारे भने थाहा छैन । तामामा सुख्खा खानेकुरा राख्दा कुनै हानी हुँदैन तर कुनै खानेकुरा भने यसमा राख्नुहुँदैन । खानेकुरा तामासँग मिसेर रियाक्ट हुनथाल्छ र यसले फुड पोइजनिङको सम्भावना बढाउने गर्छ ।

अचार, दही र कागतीको रस:-
तामाको भाँडामा अचार राख्दा यसमा भएको नुनिलो पानी तामासँग मिल्छ । यसले फुड पोइजनिङ पनि हुनसक्छ । यस्तै, कागतीको रसमा भएको एसिड तामासँग मिलेर रियाक्ट हुन्छ । यसले एसिडिटी वा पेट दुखाईजस्तो समस्या हुनसक्छ । यसबाहेक दहीमा भएको तत्व पनि तामासँग मिसेर रियाक्ट हुन्छ जसले फुड पोइजनिङको खतरा बढ्न सक्छ ।

अमिलो फल र दुध:-
तामाको भाँडामा जुनसुकै अमिलो फल राख्दा फुड पोइजनिङको खतरा बढ्ने गर्छ । स्याउ, अनार, अम्बा, मेवाजस्ता फल तामाको भाँडामा बिर्सेर पनि नराख्नुहोस् । यस्ता फल खाँदा बान्ता हुने, रिंगटा लाग्नेजस्तो समस्या निम्तिन सक्छ । तातो होस् वा चिसो दुध पनि तामाको भाँडामा राख्नुहुँदैन । यसले पनि स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close