बुद्ध जयन्ती साथै उभौलीको शुभकामना : एम एन ओ –डा.गोपाल गुरुङ

शुभकामना सन्देश
२०७८/०२/१२

बुद्ध जयन्ती साथै उभौली चाडको शुभकामना

मूलबासी मंगोल समुदायको महान चाड उभौली साकेला (येलेदाङ ५०८१) साथै २५६५औं बुद्ध जयन्तीको उपलक्ष्यमा एकमुस्ट हार्दिक शुभकामना व्यक्त गर्दछौं । उभौली उधौली चाडलाई मंगोल (किरात) समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । यस उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, साकेन्वा, याख्खाहरूले चासुवा र किरात सुनुवारहरूले फोलस्याँदर भन्दछन् । उधौली साकेला पर्वलाई न्वागी पूजा, साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा आदि नामले समेत चिनिन्छ ।

यसैगरी नेपालमा प्रत्येक वर्ष वैशाख पूर्णिमाको दिन राष्ट्रियस्तरमा बुद्धजयन्ती मनाइन्छ । यस दिन बुद्धको जन्म, ज्ञान प्राप्त र मृत्यु भएको दिनका रुपमा स्मरण गर्ने गरिन्छ । अन्यत्र वैशाख पूर्णिमा वा बुद्ध पूर्णिमा भनेर मनाइए पनि नेपालले त्यसलाई “बुद्धजयन्ती” भनेको छ । यसैगरी बुद्ध जयन्तीलाई श्रींलकाको पहलमा संयुक्त राष्ट्र संघको महासभाले सन् १९९९ मा अन्तराष्ट्रिय दिवसको रुपमा मान्यता दिएको हो । यी चाडपर्वले हाम्रो देशको सभ्यता, इतिहास, सास्कृतिक र धार्मिक विविधतालाई प्रतिविम्वित गर्दछ । यस्ता चाडपर्वहरुले विविध संस्कृति अंगालेका नेपालीहरुको बीचमा सहिष्णु र सहयोग अभिवृद्धि हुनुका साथै एकतालाई सुदुढ गराउन सहयोग पुग्नेछ भन्ने कुरामा हामी विश्वस्त छौ ।

उभौली, बुद्धजयन्ती दिवसले सबै नेपालीहरुमा समानता, स्वतन्त्रता र भातृत्वको सन्देश फैलाउन सकोस र कोरोना भाइरस महामारीलाई चाडो परास्त गर्न सक्ने बुद्धि राज्यको पलाएको होस यहि शुभकामना छ ।
विरलाल राई
संयोजक

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also

Close
Back to top button
Close