भारतीय सेना प्रमुख काठमाडौं आइपुगे

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् ।

भारतीय सैनिकको विशेष विमानमार्फत उनी त्रिभुवन विमास्थलमा उत्रिएका हुन् । विमास्थलबाट उनी नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल गएका छन् । उनी प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा उनि ३ दिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको अवधिमा नरवणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ ।

बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close