मनिषा कोइरालाद्वारा ‘ब्यूटी सलोन’ उद्घाटन

नायिका मनिषा कोइरालाले बौद्धमा संचालनमा आएको अनानिक ब्यूटी सलोन एन्ड स्पाको ओपनिङ गरेकी छिन् ।

सन् २००८ मा क्यानडाबाट सुरु भएको अनानिकले नेपालमा ५ वटा ब्रान्च खोलेको छ । नयाँ बानेश्वर, दरबारमार्ग, लाविम मल, पोखरा र बैद्धमा यसको शाखा विस्तार गरिएको हो । बिहिबार नायिका मनिषा कोइरालाको साथमा दर्जन बढी सेलिब्रिटीहरुले बौद्धमा संचालनमा आएको पाँचौ शाखाको उद्घाटन गरे । उद्घाटनमा सांसद शान्ता चौधरी, क्याप्टेन विजय लामा, कलाकार दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला, नायिका स्वस्तिमा खड्का, गायिका समृद्धी राई, मिस नेपाल २०२० नम्रता श्रेष्ठले रिवन काटेर ओपनिङ गरेका थिए ।

उद्घाटन समारोहमा पुगेका कलाकारहरुले अनानिकलाई शुभकामना दिए । अनानिकका संचालक सुरविन राइले सबैको साथ र मायाले आफूलाई अझै हौसला मिलेको बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close