माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा देव गुरुङ

३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ । यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेकपामा संसदीय दलको नेता केपी शर्मा ओली र प्रमुख सचेतक देव गुरुङ थिए ।

तर सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रले आफ्नो संसदीय दलको पदाधिकारी चयन गरेको हो । अझै संसदीय दलको उपनेता र सचेतक चयन गरेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Check Also

Close
Back to top button
Close