मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्ने

काठमाडौँ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले रिमाइन्ड मात्र गरिएको गृह प्रवक्ता केदारनाथ शर्माले बताए । उनले भने, ‘प्रहरी प्रधान कार्यालय र सिडिओ कार्यालयलाई थप प्रभावकारी बनाउन भन्दै रिमाइन्ड गरिएको हो । यो अहिले गरिएको निर्णय नभइ पुरानै हाे ।’ एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएपनि कार्यान्वयन नभएको प्रवक्ता शर्माको भनाइ थियो । सोही अनुरुप निर्देशन गरिएको शर्माले बताए ।

निर्देशन अवज्ञा गर्नेमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने शर्माले जानकारी दिए । यो नियम सोमबारदेखि लागू भइसकेको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close