‘मिस्टर नेपाल’को उपाधि चिकित्सकले पाए

सोही प्रतियोगितामा दोस्रो भएका दिलराज न्यौपानेले कला, साहित्य, दर्शनशास्त्रका माध्यमबाट पनि देश विकासमा योगदान गर्ने प्रतिबद्धता जनाए । तेस्रो भएका विमल पाण्डे कार्य व्यस्तताका कारण काठमाडौँ उपत्यका बाहिर रहेकाले कार्यक्रममा सहभागी हुन सकेनन् । चौथो भएका प्रिन्स चौधरीले प्रतियोगिताले राष्ट्र निर्माणका लागि केही गर्नुपर्छ भन्ने आत्मविश्वासको विकास भएको प्रतिक्रिया दिए ।

प्रतियोगितामा पाँचौँ स्थान हासिल गरेका अविनाश चौधरीले यस्ता प्रतियोगिताले नेतृत्व, व्यक्तित्व बढाउन सहयोग पु¥याउने हुँदा यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । सौन्दर्य भएका प्रतियोगिता (मिस नेपाल) मा किशोरी सहभागी हुँदा त्यसको चर्चा र समीक्षाले विशेष महत्व पाउने भए पनि मिस्टर नेपालले कम प्राथमिकता पाउने गरेको बताउँदै उनले प्रतिभाशाली भएर पनि समाजमा लुकेका व्यक्तिलाई खोज्न जरुरी रहेको बताए ।

आयोजक एक्सपोज नेपालकी प्रमुख कार्यकारी अधिकृत अर्चना बस्नेतले युवाको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उद्देश्यले सन् २००१ देखि नियमित प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close