“म समाज सेवि बन्न सकिन” लघुकथा – लक्ष्मी बडाल

मन पनि सधैं जसो मेरो हुस्सुभित्र चिसिएको छ सदा झै बिहानी पख । म झस्किएको छु किन कि वास्तविकता बुझिसक्दा पनि गाह्रो भयो आफु देखि नै झस्किएर । मेरा मनमा अनेक तर्क वितर्क खेल्छन् । किन कि त्यो गोरेको व्यवहारले । त्यो गोरे जहिले आफ्ना परिवारलाई राम्रो व्यवहार गर्दैन त्यो दृश्य देखेर आफ्ना मन कहिले कहि कतै गएर विसाउँन मन लाग्छ । त्यो गाउँमा त्यो जस्तो मुर्ख कुनै जस्तो लाग्दैन, त्यसले आफ्नो घर व्यवहारलाई सुन्दर बनाउँन घरका परिवारहरुले सक्दैनन् । दिनहुँ सबैका मनमा कौतुहलता हटाइदिन्छ, जाँगर मारिदिन्छ । त्यसले कुनै घटना पो घटाइदिन्छ कि भनेर मन सबैको मस्तिष्कमा घुमिरहन्छ । आज त्यसले आफ्नो परिवार माथी निहुँ पो खोज्ने होला सधैं जसो रक्सी धोकेर आउँछ सबैको मन पोल्न थाल्छ ।

यो समाज सेवि बन्नुपर्छ भन्ने त कुनै कर थिएन मलाई किन बन्नु परेको जस्तो लाग्छ । आफू सबैका अभिभावक बनेको छु । आफ्ना इच्छाहरु सुन्दर छन् सबैलाई आफु जस्तै भएको देख्न चाहान्छु । तर गोरेलाई भने कुनै हालतमा पनि सम्झाउँन सक्तैन यो मनले । उसले खुवै पैसा कमाउँछ जति पैसा कमाएपनि रेष्टुरेन्टमा पुगेर सकाउँदा घरका परिवारहरुलाई चोटपुग्छ । घरका परिवारले मलाई सुनाउँदा ममा आफै प्रति खेद लाग्छ! मलाई पनि आफु समाजको एउटा अभिभावक झैँ भएकोले अब कहाँजाने कसोगर्ने भनेर झटट उपाए पनि खोज्न आउँदैन । मेरो सोच हिमाल माथी पुगिसक्यो तर मैले गोरेलाई उसको रक्सिमा आन्द लिरहेकोबाट छुट्कारा दिलाउँन नसक्दा म आफैमा अन्यमनस्कमा छु । उ जहिले रक्सिमा लर्बराइरहन्छ घरका सबै पिडित छन् त्यसैले म समाज सेवि भएको कुनै अर्थ रहेन । गोरेका परिवारका माया लागेर के गर्नु उनीहरुका कथा व्यथाहरु मेरा कानमा गुन्जिरहेमात्र ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close