यी खेलाडीहरु उत्कृष्ट छनोट भए नेपाल सुपर लिगमा

काठमाडौं । अन्जन विष्ट पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उत्कृष्ट फरवार्ड घोषित भएका छन् ।

शनिबार सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो । तेस्रो भएको ललितपुर सिटी एफसीका कप्तान तथा मार्की प्लेअर अन्जन उत्कृष्ट फरवार्ड बने । उनले प्रतियोगितामा ३ गोल गरेका थिए । यस्तै, काठमाडौंलाई च्याम्पियन बनाउन फाइनलमा निर्णायक गोल गरेका क्यामरुनी खेलाडी मेसोउके ओलोमोउ उत्कृष्ट मिडफिल्डर घोषित भएका छन् । उनले यो लिगमा ९ खेल खेल्दै सर्वाधिक ८ गोल गरे । यस्तै, फाइनलमा पराजित भएपनि धनगढीका कप्तान तथा आइकोनिक प्लेअर किरण चेम्जोङ उत्कृष्ट गोलकिपर चुनिए । धनगढीकै दिनेश राजवंशी उत्कृष्ट डिफेण्डर घोषित भए ।

च्याम्पियन काठमाडौंका बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक चयन भए । यसैगरी काठमाडौंकै विश्वास श्रेष्ठ इमर्जिङ प्लेअर घोषित भए । उत्कृष्ट ४ खेलाडी र प्रशिक्षकले १-१ लाख प्राप्त गरे भने विश्वासले ५० हजार पाए । यस्तै चौथो बनेको बुटवल लुम्बिनी एफसीले फेयर प्ले अवार्ड पायो । विजेता : काठमाडौं रेजर्स – ३५ लाख उपविजेता : धनगढी एफसी – १५ लाख उत्कृष्ट फरवार्ड : अन्जन विष्ट (ललितपुर सिटी) १ लाख उत्कृष्ट मिडफिल्डर : मेसोउके ओलोमोउ (काठमाडौं रेजर्स) १ लाख उत्कृष्ट डिफेण्डर : दिनेश राजवंशी (धनगढी एफसी) १ लाख उत्कृष्ट गोलकिपर : किरण कुमार लिम्बु (धनगढी एफसी) १ लाख उत्कृष्ट प्रशिक्षक : बालगोपाल महर्जन (काठमाडौं रेजर्स) १ लाख इमर्जिङ प्लेअर : विश्वास श्रेष्ठ (काठमाडौं रेजर्स) ५० हजार फेयर प्ले अवार्ड : बुटवल लुम्बिनी एफसी

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close