ललितपुर निवासी ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

ललितपुरका एक ५९ वर्षीय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको छ।

प्रहरी उच्च स्रोतले उनको कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि गरेको छ । मृतक ललितपुरको भैंसेपाटीका स्थायी निवासी हुन् । उनको बुधबार किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको हो । मृतक लिभरसम्बन्धी रोगबाट ग्रस्त थिए । ​मृतककाे शव अस्पतालमै रहेको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको मृत्यु भइसकेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close